Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वीरगञ्जमा लम्बियो कर्फ्यूको समय, आज राति १२ बजेसम्म रहने

वीरगञ्जमा लम्बियो कर्फ्यूको समय, आज राति १२ बजेसम्म रहने

आइतवार , चैत्र ३०, २०८१

पर्सा । पर्साको वीरगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश लम्बिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज सूचना जारी गर्दै कर्फ्यु आदेश आतबार राति १२ बजेसम्मका लागि लम्बिएको जनाएका हुन् ।

हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।

शोभायात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो। शोभायात्रामा हिँडिरहेकाहरूमाथि ढुंगा हानेको भन्‍दै त्यहाँ तनावको स्थिति बनेको हो।

झडप हुँदा प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १७ जना घाइते भएका थिए। सशस्त्र प्रहरीका आठ जना र १२ जना सर्वसाधरण घाइते भएका थिए।

स्‍थिति नियन्त्रण बाहिर पुगेपछि प्रशासन कार्यालयले शनिबार साँझ साढे ७ बजेदेखि आइतबार मध्यान्हसम्म कर्फ्यु आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077