Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

थुनामा पठाउने आदेशविरुद्ध रविको रिट न्यायाधीश ढुंगानाको इजलासमा

थुनामा पठाउने आदेशविरुद्ध रविको रिट न्यायाधीश ढुंगानाको इजलासमा

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको रिट सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरूद्ध लामिछानेले दायर गरेको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते लामिछानेलाई सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेपछि शुक्रबार लामिछानेले सर्वोच्चमा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दायर गरेका थिए।

सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुरले उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उक्त निवेदन आइतबार न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। लामिछाने हाल कारागार कार्यालय रूपन्देहीमा थुनामा छन्।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077