Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

विशेषको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले लुम्बिनी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव वैकुण्ठ अधिकारीविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आर्थिक वर्ष २०७५/७६ को कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत मिनिटिलर खरिदमा सम्झौता अनुसारको गुणस्तर नपुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। विशेष अदालतले यो मुद्दामा २०८० चैत १९ गते फैसला गरेको थियो।

यस्तै, आयोगले तत्कालीन सचिव अधिकारीसहित अन्य प्रतिवादी र सामान आपूर्तिकर्ताविरुद्ध १ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले यो मुद्दामा २०८१ वैशाख ३१ गते फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077