Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ई–सेवाको एक करोडभन्दा बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ

ई–सेवाको एक करोडभन्दा बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । ई–सेवाको रकम चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढा रहेका छन् ।

फिसिङ लिंक पठाई ई–सेवाको रकम चोरी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंको अनामनगर बस्दै आएको खुलेको छ ।

विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाताको रकम चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले चार हजारभन्दा बढी व्यक्तिको ई–सेवामा रहेको एक करोड दुई लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077