काठमाडौं । नेपाल प्रहरीका १७६ जना प्राविधिक हवल्दारहरुको सरुवा भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुह ईन्जिनियरिङ उपसमूह सञ्चार र केनाईनतर्फका प्राविधिक हवल्दारहरुको सरुवा गरेको हो ।
बैशाख महिना देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
साथै प्राविधिक प्रहरी समुहतर्फको विभिन्न उपसमुहतर्फ बढुवा भएका प्रहरी हवल्दारहरुको पदस्थापन समेत गरिएको छ ।
को कहाँ सरुवा भए ?