Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस सभापति देउवा निवासबाट सशस्त्रको सिंगो टोली फेरियो

कांग्रेस सभापति देउवा निवासबाट सशस्त्रको सिंगो टोली फेरियो

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरीको पुरै टिम फेरिएको छ ।

स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेत सहितको टिमलाई एकाएक फिर्ता बोलाइएको हो ।

अहिले उक्त स्थानमा नयाँ टोली खटाइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवालाई दुई दर्जन सशस्त्रको टोलीले सुरक्षा दिँदै आएको छ ।

सशस्त्र प्रहरीको सिंगो टिम नै फेरिएपछि आशंका उत्पन्न भएको छ । के कारण सुरक्षाको टोली परिवर्तन गरिएको हो त्यो भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077