Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अछामकी बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी, सम्पर्कमा छैनन् आरोपित !

अछामकी बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी, सम्पर्कमा छैनन् आरोपित !

बिहिवार , बैशाख ४, २०८२

अछाम । भारतमा बलात्कारको शिकार भएकी अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन् । गत असारमा मामा पर्नेबाट १२ वर्षीया बालिका भारतको सुरतमा बलात्कृत भएकी थिइन् ।

तर उनी बलात्कृत भएको घटना गत फागुन महिनामा २५ सातामाथिको गर्भ रहेको भेटिएपछि बाहिरिएको थियो । ती बालिकाले २९ चैत गते सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी हुन् ।

भारतबाट केही महिना अघि घर फर्किएका अभिभावकले छोरीको पेट ठूलो देखेपछि गत फागुन २ गते बयालपाटा अस्पतालमा जाँच गर्न लगेका थिए । सोही क्रममा उनको भेटमा २५ सातामाथिको गर्भ रहेको पत्ता लागेको थियो ।

अभिभावकलाई बयालपाटा अस्पताल र जिल्ला अस्पताल अछामले २५ सातामाथिको गर्भपतन गराउन नसक्ने बताएपछि बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कैलालीले हेर्ने गरी सुरक्षित आवास गृहमा राखिएको थियो ।

बलात्कारका आरोपित भने अहिलेसम्म फरार अवस्थामा रहेका छन् । झण्डै ५० वर्षीय आरोपित विरुद्ध अछाम प्रहरीमा जबरजस्ती करणी मुद्धा दर्ता छ ।

तर प्रहरीमा जाहेरी दिएको दुई महिना बित्दा पनि अरोपित पक्राउ परेका छैनन् । उजुरी दिएको दुई महिना बितिसक्दा पनि आरोपित पक्राउ नपरेकाले आफन्तले न्याय पाउने आस मार्दै गएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय अछाम भने आरोपित पक्राउ गर्न इन्टरपोलमार्फत प्रक्रिया अगाडि बढाइएको बताउँछ । तर अहिलेसम्म रेड नोटिस बारे जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077