काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।
मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
मृत भेटिएका पुरुष अन्दाजी ५५/५६ वर्ष जति रहेको बताइएको छ । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।