Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मकवानपुरबाट ५२ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुरबाट ५२ किलो गाँजासहित एकजना पक्राउ

बिहिवार , बैशाख ४, २०८२

मकवानपुर । मकवानपुरमा ५२ किलो लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

मनहरी गाउँपालिका–६ सुनाचुरीका ५० वर्षिय बाबुराम मुक्तानलाई प्रहरीले गाँजाको भारीसहित नियन्त्रणमा लिएको हो ।

बुधबार राति करिब ९ः३० बजेको समयमा लागुऔषध गाँजाको भारी बोकी रुपाचुरीबाट नयाँबस्तीतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

मुक्तानलाई लागुऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077