Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डीआईजी बढुवासँगै प्रहरीका सातै प्रदेशका नेतृत्व रिक्त

डीआईजी बढुवासँगै प्रहरीका सातै प्रदेशका नेतृत्व रिक्त

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । एआईजीमा बढुवासँगै प्रहरीका सातै प्रदेश रिक्त भएका छन् । यसअघिदेखि नै तीन प्रदेश रिक्त रहेकोमा अन्य चार प्रदेश पनि आली भएका छन् ।

मधेस प्रदेशका लालमणी आचार्य, बागमतीका कृष्णहरी शर्मा, लुम्बिनीका दानबहादुर कार्की तथा कोशीका राजन अधिकारी एआईजीमा बढुवा सिफारिस भएसँगै ती प्रदेश पनि रिक्त भएका छन्।

अब प्रदेशमा सरुवा हुनका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा सुरु भएको छ। सबेको जोड मधेस र लुम्बिनी प्रदेशमा छ।

बढुवामा छुटेका डीआईजीहरु नै अब प्रदेशका मुख्य दाबेदार हुनेछन्।

जसमा दिनेश आचार्य, ईश्वर कार्की, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, डम्बर विक, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, गोविन्द थपलिया,अरुण पौडेल र राजेन्द्र भट्ट छन्।

मुख्यमन्त्री हिक्मत कार्की निकट भएकाले ईश्वर कार्की कोशी जाने सम्भावना छ। राजेन्द्र भट्टको सुदूरपश्चिम सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077