Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

श्रीलंकाली नागरिक विमानस्थलबाट गाँजासहित पक्राउ

श्रीलंकाली नागरिक विमानस्थलबाट गाँजासहित पक्राउ

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेका एक श्रीलंकाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

श्रीलंकन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

नेपाल प्रहरीका अनुसार विमानस्थलमा जाँचका क्रममा उनको सुटकेसबाट उक्त पदार्थ फेला परेको हो। उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई अवैध दुई किलो एक सय ग्राम गाँजा र २७ हजार चार सय ३० सहित पक्राउ गरेको छ ।

प्रहरीले उनको घर खनतलासी गर्दा उक्त गाँजा फेला परेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077