Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा

सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा

शुक्रवार , बैशाख ५, २०८२

काठमाडौं । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई सैनिक हिरासतमा राखिएको छ ।

कोषको सात करोड रुपैयाँ हिनामिनाको अनुसन्धानका लागि उनलाई बुधबार सैनिक हिरासतमा राखिएको हो ।

स्रोतका अनुसार कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा उनीसँग सोधपुछ भइरहेको छ ।

कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।

तर खड्कालाई सैनिक हिरासतमा राखिएको विषयमा सेनाले प्रस्ट पारेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077