Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि अज्ञात व्यक्तिले चलाए गोली

शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि अज्ञात व्यक्तिले चलाए गोली

शुक्रवार , बैशाख ५, २०८२

कपिलवस्तु । कपिलवस्तुमा एक गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार भएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई लक्षित गरी बिहीबार मध्यरात गोली प्रहार भएको हो ।

मायादेवी गाउँपालिका-१ पकडीस्थित घरमै रहेका चौधरीलाई शौच गर्न जाँदा अज्ञात व्यक्तिले ताकेर गोली प्रहार गरिएको बताइएको छ ।

उनका अनुसार गोली चलाउने व्यक्तिको उचाइ आफूभन्दा अग्लो रहेको र मुखमा सेता पट्टी बाँधेका थिए । उनलाई गोली भने लागेको छैन ।

घटना भएको स्थानबाट प्रहरीले गोलीको खोका बरामद गरेको छ । गोली चलाउने व्यक्तिको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । साथै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077