Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

संविधान विरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

संविधान विरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

शुक्रवार , बैशाख ५, २०८२

पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने हुने संविधान विरोधि गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताए ।

वर्तमान संविधान ठूलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त भएको भन्दै गृहमन्त्री लेखकले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए ।

गृहमन्त्री लेखकले भने,'आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतान्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन।'

वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको दाबी छ । गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने बताए।

गृहमन्त्री लेखकले थोरै समयमा धेरै संविधान बन्दा अस्थिरता अन्योल सिर्जना हुने बताए। अहिलेको संविधानलाई पनि संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077