Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अवैध लागूऔषध ब्राउन सुगरसहित ११ जना पक्राउ

अवैध लागूऔषध ब्राउन सुगरसहित ११ जना पक्राउ

शुक्रवार , बैशाख ५, २०८२

धरान । अवैध  लागूऔषध ब्राउन सुगरसहित ११ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–१ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका–६ ढलान रोडमा कानुन बमोजिम चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषध ब्राउन सुगर ३०.२० ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका– ५ झुम्का बस्ने २० वर्षीय करण चौधरी, इटहरी उपमहानगरपालिका–४ बुद्ध टोल बस्ने ४० वर्षीय पर्वत यादव, १९ वर्षीय रोमन चापाँगाई, हरियाली टोल बस्ने १९ वर्षीय मिलन तामाङ रहेका छन्।

त्यस्तै,धरान उपमहानगरपालिका–८ बस्ने वर्षीय २९ को सरोज विश्वकर्मा, ३४ वर्षीय किशोर मादेन र वडा नम्बर–१० का २७ वर्षीय निरन श्रेष्ठ रहेका छन्।

त्यस्तै मोरङको सुन्दर हरैचा गाउँपालिका–५ बस्ने ४२ वर्षीय प्रेम कुमार राई, २५ वर्षीय अनिल खवास, अजित श्रेष्ठ र ३१ वर्षीय दिपेश तामाङलाई पनि ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077