Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

लागुऔषधसहित समातिए गेटा आँखा अस्पताल बाजुराका प्रमुख

लागुऔषधसहित समातिए गेटा आँखा अस्पताल बाजुराका प्रमुख

शुक्रवार , बैशाख ५, २०८२

कैलाली । गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख लागुऔषधसहित समातिएका छन् ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषधसहित पक्राउ परेका हुन् ।

बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१प९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको डीएसपी बोहराले बताए ।

दुवै जनामाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077