Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

मोटरसाइकल चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077