Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृत्यु

पोखरा जाँदै गरेको बोलेरो धादिङमा टिपरसँग ठोक्कियो, एक जनाको मृत्यु

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा टिपरसँग बोलेरो ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार राति काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपरका चालक भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077