Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सिंहदरबारबाट पक्राउ परेका लिङ्देन, तामाङ र शाहीलाई काठमाडौँ परिसर लगियो

सिंहदरबारबाट पक्राउ परेका लिङ्देन, तामाङ र शाहीलाई काठमाडौँ परिसर लगियो

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।

आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको आरोपमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् ।

उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको हो । उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077