काठमाडौं । रोल्पाको लुम्री गाउँपालिका–७ हार्जाङमा कुकुर मारेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ ।
हार्जाङ घर भएका ११ र १८ वर्षका दिलबहादुर पुनका दुइभाई छोराहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गाउँमा कुकुरले १४ जनालाई टोकेको आरोपमा उनीहरुले वैशाख ३ मा झुण्ड्याएर यातना दिएर कुकुर मारेका हुन् ।
कुुकुरलाई झुण्ड्याएर यातना दिएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ ।
कुुकुरलाई यातना दिएर मारेको घटनामा संलग्न अर्का एकजना दाङमा पक्राउ परेका छन् । दाङको लमहीमा पक्राउ गरेर स्थानिय सुन्दर परियारलाई रोल्पा लगिँदै छ ।
उनीहरुहरु विरुद्ध प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।