Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू चार घण्टामै रिहा

राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू चार घण्टामै रिहा

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन् ।

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो ।

उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीबाट छाडिएको छ ।

निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077