Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानसेनापति सिग्देलले गरे प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति सिग्देलले गरे प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फमा सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

सैनिक सेवा नियमावली २०६९ बमोजिम सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।

सोहीअनुसार बढुवा भएका प्रमुख सुबेदार/सुबेदार गरी ३४ जनामध्ये विभिन्न संयुक्त राष्ट्रसङ्घीय मिसन (शान्ति सेना) मा खटिएका पाँचबाहेक २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077