Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी जवानको लिखित परीक्षामा भेटिए नक्कली परीक्षार्थी

प्रहरी जवानको लिखित परीक्षामा भेटिए नक्कली परीक्षार्थी

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । प्रहरी जवानको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं नयाँबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अर्कैको नाममा परीक्षा दिएको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुर्खेतका उमेश शर्मा र जुम्लाका ​मीन रावल छन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077