काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार नतिजा सार्वजनिक गरेको हो ।
अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ७७ जना छन् । साथै वैकल्पिक सूचीमा रहेको उमेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ ।
'अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश(पत्र, नेपाली नागरिकताको प्रमाण-पत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाण-पत्रहरू र प्रतिलिपिहरू २/२ प्रति, पासपोर्ट साईजको फोटो ४ प्रति साथमा लिई बैशाख १४ गते आइतबार बिहान ११ बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौँमा उपस्थित हुनु हुन सम्बन्धित उम्मेदवारहरूको जानकारीका लागि सूचित गरिन्छ,' सूचनामा उल्लेख छ ।
सूची हेर्नोस्–