काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादव पक्राउ परेका छन् ।
ठगी तथा आपराधिक विश्वासघात मुद्दामा उनलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गरेको हो ।
ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्ला प्रहरी कार्यालय ललितपुरबाट सप्तरी प्रहरीलाई आएको पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
पार्टीमा आर्थिक अनियमितता र ठगी गरेको तथा पार्टीविरुद्ध षड्यन्त्र गरेको भन्दै जनमतले समेत उनलाई निलम्बन गरेको थियो ।