Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कास्कीबाट प्रहरी जवान पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

कास्कीबाट प्रहरी जवान पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

आइतवार , बैशाख ७, २०८२

कास्की । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेको अवस्थामा कास्कीबाट एक युवती पक्राउ परेकी छिन् ।

पोखरा महानगरपालिका वडा नं. ७ पार्दी स्थित लोक सेवा आयोग, पोखरा कार्यालयको परीक्षा भवनबाट ज्ञानता विश्वकर्मालाई पक्राउ गरिएको हो ।

परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिएको देखिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको थियो । उनको घर धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ५ रहेको खुलेको छ ।

उनीमाथि कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077