Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अख्तियारको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध मुद्दा दर्ता

अख्तियारको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध मुद्दा दर्ता

मंगलवार , बैशाख ९, २०८२

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका अन्तर्गत उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा सहयोग पुर्‍याउने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए।

सेवाग्राहीसँग प्रत्यक्ष रुपमा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो ।

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी चैत ७ गते महानगरको कार्यालय नजिकैबाट पक्राउ परेको थिए ।

गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टिकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो ।

गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्‍याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम माग गरी लिएको पाइएको आयोगको भनाई छ।

आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077