तनहुँ । शिशु हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार पक्राउ परेकी हुन् ।
ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारको ढुङ्गा प्रहार गरेरेको आरोप छ ।
माइती जाँदै गर्दा महिलाले बालकलाई घाइते बनाएको र रामपुर अस्पताल, पाल्पा पुर्याएपछि शिशुको मृत्यु भएको थियो ।