संखुवासभा । संखुवासभामा आफ्नै बिद्यालयकी बिद्यार्थीलाई यौन दुर्व्यवहार गरको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
बाल यौन दुरूपयोग कसुरमा चैनपुर नगरपालिका–३ सिद्वकाली स्थायी घर भई हाल खाँदबारी नगरपालिका–१ बस्दै आएका ३१ बर्षीय विवेक खत्रीलाई पक्राउ गरिएको हो ।
उनीमाथि सदरमुकाम खाँदबारीमा रहेको सूर्य आवासीय माध्यमिक विद्यालयका शिक्षक हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार आइतबार राति १ बजे होस्टेलको आफु सुत्ने कोठामा बोलाई बाल यौन दुरूपयोग गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
शिक्षक खत्री विद्यालयको होस्टेलमा बस्दै आएका थिए । सोही होस्टेलमा विद्यालयमा अध्ययनरत कक्षा १२ मा पढ्ने छात्रा १७ बर्षीय छात्रासमेत बस्दै आएकी थिइन ।
विद्यार्थीलाई राति मोबाईलमा म्यासेज गरेर बोलाएको, विभिन्न डर धम्की दिएर यौन शोषण गर्न खोजेको ती शिक्षकमाथि आरोप छ । जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान थालेको छ ।