Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

१६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

१६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुशी गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी सहायक हवल्दार, १४ जना प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077