Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जम्मु कश्मीर आतङ्कवादी हमला निन्दनीय : राष्ट्रपति पौडेल

जम्मु कश्मीर आतङ्कवादी हमला निन्दनीय : राष्ट्रपति पौडेल

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलामा निर्दोष व्यक्तिको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत निर्दोष व्यक्तिलाई लक्षित गरी भएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गरेका छन् ।

उनले घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मङ्गलबार पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलामा परेर एक नेपालीसहित २६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हमलामा परी नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएको छ । उनी रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा हुन् ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077