Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा

धनगढीलाई हराउँदै पोखरा एनएसएलको फाइनलमा

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । धनगढी एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको खेलमा पोखरा थन्डर्सले धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

स्टेफेन समिर बिनोङले नियमित समयमा थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै पोखरालाई फाइनल पुर्‍याए ।

यससँगै धनगढी तेस्रो सिजनमा आएर पहिलो पटक फाइनलमा प्रवेश गर्न असफल भएको हो । यस अघिका दुई सिजनमा धनगढी उपविजेतामा सीमित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077