एजेन्सी । भारतले पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाएको छ भने भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको छ ।
जम्मू कश्मिरमा २६ जनाको ज्यान जानेगरी आतंककारी आक्रमण भएपछि भारतले यस्तो निर्णय गरेको हो । भारतको विदेश मन्त्रालयले बुधबार राति पत्रकार सम्मेलन गर्दै भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन पनि दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको उच्चस्तरीय बैठकले पाकिस्तानसँगको कूटनीतिक सम्बन्ध पनि अन्त्य गरेको बताइएको छ ।
भारतमा रहेका पाकिस्तानी कूटनीतिज्ञहरूले सात दिनभित्र देश छोड्न निर्णय गरिएको छ । पाकिस्तानमा रहेका आफ्ना पाँच कूटनीतिज्ञलाई पनि भारतले फिर्ता बोलाएको छ।
त्यस्तै भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ । त्यस्तै भारतले पाकिस्तानसँग सम्झौता गरेको सिन्धु जल सम्झौता पनि स्थगित गरेको छ ।
कश्मिरको पहलगममा मंगलबार भएको आतंककारी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको विदेश मन्त्रालयले पुष्टि गरेको छ ।
आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता रहेको सुरक्षा विशेषज्ञहरूले बताएका छन् ।