काठमाडौं । विभिन्न मागसहित शिक्षकहरू २४ दिनदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका छन् । पठनपाठन बन्द गरेरै उनीहरु राजधानी केन्द्रित आन्दोलनमा होमिएका छन् ।
शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बोलाएको वार्ता पनि भाँडिएको छ । तर शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ ।
गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।
उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन चेतावनी दिइएको छ ।