Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा

विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसियाका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु वर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो ।

यस प्रतियोगितामा पूजा महतो उपकप्तानको जिम्मेवारी दिइएको छ । त्यस्तै सबनम राई, मनिषा उपाध्याय, कविता कुँवर र रुबी पोडारले टिममा स्थान बनाएका छन् ।

विश्वकप छनोट मे ९ देखि २० सम्म थाइल्यान्डमा हुँदैछ। नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन्।

नेपाली महिला टिम

इन्दु वर्मा (कप्तान),पूजा महत्व (उपकप्तान), रुबिना क्षेत्री, विन्दु रावल, कविता जोशी, सम्झना खड्का, राजमती ऐरी, रुबी पोडार, रोमा थापा, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, मनीषा उपाध्याय र रिया शर्मा ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077