Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रोपटक एनएसएलको च्याम्पियन

पोखरालाई हराउँदै ललितपुर लगातार दोस्रोपटक एनएसएलको च्याम्पियन

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक एनएसएलको च्याम्पियन बनेको छ । ललितपुर शनिबार पोखरा थन्डर्सविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै लगातार दोस्रोपल्ट च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन इमोह इजेकेल र पापा केबेले गोल गरे । पोखराका सुदील राईले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

च्याम्पियन ललितपुरले नगद ८० लाख हात पारेको छ भने उपविजेता पोखराले ३० लाखमा चित्त बुझाएको छ ।

भाटभटेनी सुपरमार्केटको स्वामित्वमा रहेको ललितपुरले सन् २०२३ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077