Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरीसँग झडपपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

प्रहरीसँग झडपपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ ।

काठमाडौंकेन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भएपछि महासंघले दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाएको हो ।

आन्दोलनकारी शिक्षकले आइतबार निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । जवाफमा शिक्षकहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको छ । शिक्षा ऐनको माग राख्दै माइतीघरबाट भेला भएका शिक्षकहरूको प्रदर्शनले स्थिति तनावपूर्ण भएको छ ।

प्रहरीसँग भएको झडपमा केही शिक्षकहरु घाइते भएका छन् । घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077