Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण : शेखर कोइराला

शिक्षकमाथि बल प्रयोग गर्नु कुशासनको अर्को उदाहरण : शेखर कोइराला

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले सरकारले दमन गरेर कुशासनको अर्को नमुना देखाएको बताए ।

“शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,” उनले भने, “यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो ।”

उनले शिक्षकका माग सम्बोधनमा धेरै ढिला भएको भन्दै तत्काल समस्या समाधानको पहलका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

“एक–दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,” उनले भनेका छन् । उनले यस अघिदेखि शिक्षकका माग सम्बोधन गरी विद्यालय पठाउनुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077