काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित २४ जनालाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धानका उनीहरुमाथि म्याद थप गरेको हो ।
तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।
मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । प्रसाईं र मिश्रले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन् ।