Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले अछाम अधिवेशन : नेतृत्वका लागि रस्साकस्सी, चुनाव हुने सम्भावना बढ्यो

एमाले अछाम अधिवेशन : नेतृत्वका लागि रस्साकस्सी, चुनाव हुने सम्भावना बढ्यो

आइतवार , बैशाख १४, २०८२

अछाम । नेकपा एमाले अछामको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन कमिटीले आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकामा सोमबार साँझ ६ बजे मतदाता नामावली प्रकाशन, साँझ ६ः१५ बजेसम्म नामावलीउपर दाबी विरोध, साँझ ६ः४५ बजे नामावलीउपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन, साँझ ७ः३० बजेसम्म दाबी रिोधउपर छानविन र साँझ ७ः४० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन रहेको छ ।

यस्तै मंगलबार बिहान उम्मेदवारी दर्ता र बुधबार (१६ गते) दिउँसो मतदानको समयत तोकिएको छ । शनिबार नेकपा एमाले अछामको ९औं जिल्ला अधिवेशन केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले उद्घाटन् गरेका थिए । आइतबार दिनभर बन्दशत्र चलेको थियो ।

अधिवेशनको बन्दशत्रमा पार्टीको आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरिएको छ । साथै नेतृत्वका लागी तीव्र रस्साकस्सी छ । हालसम्म सात जना नेताहरूको नाम अध्यक्ष पदका आकांक्षीका रूपमा चर्चामा आएको छ ।

नेकपा एमाले अछामको अध्यक्षका लागि वर्तमान अध्यक्ष चन्द्र बोहरा, सचिव भीम रावल (कालोटोपी), शिव प्रसाद उपाध्याय, बम बिसी, तिलक कुँवर, डिवी साउँद र हिरण्ड भट्टराई आकाँक्षी रहेका छन् ।

नेताहरु सर्वसम्मतिमार्फत नयाँ नेतृत्व टुंगो लगाउने कसरतमा छन् । तर सर्वसम्मतिमा नेतृत्व छान्न कठिन भइरहेको छ । निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

जसकारण नेतृत्व चुनावमार्फत छानिने सम्भावना बढेको छ । अधिवेशनमा जिल्लाभरबाट ४ सय ४७ जना प्रतिनिधिहरु सहभागी छन् ।

यता वर्तमान अध्यक्ष बोहरा आफूलाई पुनः पार्टी र प्रतिनिधिले सर्वसम्मतीमा नेतृत्व दिनेमा ढुक्क छन् । संकटको अवस्थामा पनि जिल्लामा एमालेलाई कमजोर हुन नदिई संगठनलाई एकीकृत राख्ने साहस गरेको भन्दै पार्टीभित्र बोहरालाई नै नेतृत्व दिनुपर्ने बलियो आवाज छ ।

यस्तो निर्वाचन कार्यतालिका :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077