पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा रैनादेवी छहरा १ सिद्धेश्वका ३६ वर्षीय दिपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गम्भीर घाइते भएका तिनै जनालाई मिशन अस्पतालमा पुर्याउँदा चिकित्ककले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी २ जना घाइते भएका छन्। जिप आफैँ अनियन्त्रित भई सडक बाट २ सय मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।