काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र खतरामा नरहेको बताएका छन् ।
बीपी कोइराला सोसलिस्ट इन्टरनेसनलले प्रकाशित गरेको ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक विमोचन तथा अन्तर्क्रियामा नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले आफ्ना कमीकमजोरी सुधार नगरी गणतन्त्र खतरामा छ भनेर मात्र गणतन्त्र बलियो नहुने बताए ।
“संविधानमा भएका कमीकमजोरीलाई सुधार गरेर जानुपर्छ । आफ्ना कमीकमजोरी सुधार नगर्ने, गणतन्त्र कमजोर भयो भनेर विश्लेषण गरेर बसेर हुँदैन,” डा। कोइरालाले भने, “गणतन्त्र खतरामा परेको छैन ।”
डा. कोइरालाले देशमा शिक्षक, कर्मचारी, डाक्टर, सहकारीपीडित सबै आन्दोलनमा रहेको भन्दै सरकार त्यसको सम्बोधनभन्दा आलोचनामा सीमित भएको उनको अरोप थियो ।