एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले तीन दिनका लागि अस्थायी युद्धविराम घोषणा गरेका छन् ।
युक्रेनमा चलिरहेको युद्ध अन्त्यको लागि ८ मे को बिहानदेखि ११ मेसम्म पुटिनले युद्धविराम घोषणा गरेका हुन् ।
रुसको यो घोषणाको प्रतिक्रियामा युक्रेनका विदेशमन्त्री एन्ड्रिज सिबिहाले कम्तिमा ३० दिने युद्धविरामको माग गरे ।
दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्ने प्रयासमा लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी युद्धविराम चाहेको बताएका छन् ।
रुसले यसअघि इस्टरको अवसरमा पनि ३० घण्टाको युद्धविराम घोषणा गरेको थियो ।