Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिक्षक महासंघका अध्यक्ष भन्छन् - राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ

शिक्षक महासंघका अध्यक्ष भन्छन् - राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ

मंगलवार , बैशाख १६, २०८२

काठमाडौँ । नेपाल शिक्षक महासंघले आज पनि आन्दोलन जारी राख्ने भएको छ ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका हुन् ।

गएराति सरकार र शिक्षक महासंघबीच वर्ता भएको थियो । तर ठोस निर्णय भने भएको छैन । यद्यपि वार्ता सकारात्मक रुपमा अघि बढेको दाबी गरिएको छ ।

अध्यक्ष सुवेदीले बिहान ११ बजे माइतीघर मण्डलामा सबै शिक्षकहरुलाई उपस्थित हुन अनुरोध गरे ।

'हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११ः०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन बलियो गराऔँ' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077