Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गुगलले सबै एन्ड्रोइड फोनमा जेमिनी एआई उपलब्ध गराउने

गुगलले सबै एन्ड्रोइड फोनमा जेमिनी एआई उपलब्ध गराउने

मंगलवार , बैशाख १६, २०८२

एजेन्सी । गुगलले अब एन्ड्रोइड फोनहरुमा आफ्नो जेमिनी आर्टिफिसियल इन्टेलिजेन्स उपलब्ध गराउने भएको छ।

सबै एन्ड्रोइड ट्याबलेट, स्मार्टफोन, स्मार्टवाच तथा एन्ड्रोइडमा आधारित कार इन्फोटेनमेन्ट सिस्टम जस्ता उपकरणमा जेमिनी एआई उपलब्ध गराउने योजना गुगलले बनाएको हो ।

कम्पनीका अनुसार हाल उसले मोबाइल फोनबाट गुगल असिस्टेन्टलाई हटाएर जेमिनीलाई डिफल्ट एआई असिस्टेन्ट बनाउनका लाागि काम गरिरहेको छ ।

त्यसपछि अन्य डिभाइसमा ध्यान केन्द्रित गर्नेछ । गुगलका सीईओ सुन्दर पिचाइले कम्पनीको पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

गुगलले आफ्ना १५ वटा प्लाटफर्ममा आधारित प्रडक्टहरुमा जेमिनी मोडेललाई एकीकृत गरेको छ ।

गुगलका अनुसार अहिले विश्वका आधा अर्ब मानिसहरुले जेमिनी एआईको प्रयोग गरिरहेका छन् ।

एन्ड्रोइड स्मार्टफोनमा गुगल असिस्टेन्टलाई हटाएर जेमिनीलाई डिफल्ट बनाउने प्रक्रिया गत वर्ष सुरु भएको छ र केही नयाँ एन्ड्रोइड डिभाइसमा जेमिनीलाई डिफल्ट एआई असिस्टेन्टको रुपमा सेट गरिएको थियो । अब नयाँ डिभाइससम्म पनि यसलाई बढाउने योजना गुगलको छ ।

पिचाइका अनुसार मोबाइल फोन बाहेक ट्याबलेट, स्मार्टवाच, हेडफोन तथा अटोमोटिभ ओएसवाला सिस्टममा पनि जेमिनीलाई एकीकृत गर्ने कार्य अघि बढिरहेको छ ।

यसबाट गुगलले भविष्यमा गुगल असिस्टेन्टलाई पूर्ण रुपमा अन्त्य गर्ने संकेत गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077