Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाकिस्तानी मन्त्रीले भने - ३६ घण्टाभित्र भारतले सैन्य आक्रमण गर्न सक्छ

पाकिस्तानी मन्त्रीले भने - ३६ घण्टाभित्र भारतले सैन्य आक्रमण गर्न सक्छ

बुधवार , बैशाख १७, २०८२

एजेन्सी । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य हमला गर्ने योजना बनाएको बताएका छन् ।

उनले आज बिहान आफ्नो एक्स अकाउन्टमा भिडिओ सन्देश जारी गरी यसबारे गुप्तचर जानकारी प्राप्त भएको दाबी गरेका हुन् ।

भिडिओमा उनले भनेका छन्, ‘प्राप्त विश्वसनीय गुप्तचर जानकारीअनुसार भारतले पहलगाम घटनामा संलग्नताको आधारहीन र बनावटी आरोपको बहानामा आगामी २४(३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको छ।’

उनले अगाडि भनेका छन्, ‘पाकिस्तान आफैँ आतंकवादको सिकार भएको छ र यस संकटको पीडा साँच्चै बुझ्छ। हामीले सधैँ विश्वमा यसका सबै रूप र अभिव्यक्तिको आलोचना गरिरहेका छौँ।’

साथै उनले पाकिस्तानले भारतले गर्ने कुनै पनि सैन्य कारबाहीको निर्णायक जवाफ दिने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077