Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विष्टको ‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा

विष्टको ‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

कारागार कार्यालय डिल्लीबजारले चौधरीलाई रिहा गरिएको जनाएको छ ।

उक्त पत्र फेक भएको भन्दै सर्वोच्च अदालतले नै अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी रिहा भएका हुन् ।

यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077