Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गभर्नर नियुक्तिमा उमेर हद लाग्ने, अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

गभर्नर नियुक्तिमा उमेर हद लाग्ने, अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर नियुक्ति मापदण्ड विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले बुधबार यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले ६५ वर्ष नाघेका व्यक्तिलाई अर्थमन्त्रालय सम्बद्ध निकायमा नियुक्त गर्न मिल्ने गरी जारी गरिएको मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेश सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको थियो । अधिवक्ता विशाल थापा लगायतले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सरकारले २७ फागुन, २०८१ मा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077