Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ : प्रचण्ड

श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ : प्रचण्ड

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गर्नुपर्ने बताएका छन् ।

विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बन्न उनले आग्रह गरे ।

'बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ। यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ। यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाइ हुनेछ,' प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ।

अगाडि उनले भनेका छन्, 'अहिले एकातिर प्रतिगामी तत्त्वहरूसँग सङ्घर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने अवस्था आवश्यकता छ। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो।'

उनले नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौं कीर्तिमान कायम गरेको पनि बताएका छन् ।

'किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ। सुशासन, सामाजिक न्याय र समृद्धिको आकाङ्क्षाक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो,' उनले भनेका छन् ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077