Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

२०८२ जनालाई सीपमूलक तालिम दिँदै बालेन, जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला' !

२०८२ जनालाई सीपमूलक तालिम दिँदै बालेन, जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला' !

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर बालेन शाहले उक्त कुरा जानकारी गराएका हुन् ।

तालिम काठमाडौंको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिए । उनले महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम दिइने बताए ।

'सीप नजान्नेहरूलाई सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो,' उनले लेखेका छन् ।

उनले गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक ‘सीप मेला’ आयोजना गरिएको स्मरणसमेत गरेका छन्। उक्त मेलाबाट तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएको भए पनि दुई हजार ५७५ जनालाई तालिम प्रदान गरिएको उनले बताएका छन् ।

तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरिसकेको उनले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077